काठमाडौं- क्यानडा-११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ‘ए’ले २४१ रनको लक्ष्य पाएको छ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २४० रन बनाएको हो।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए। नवनीत दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए।
साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए।
नेपालको इनिङमा क्यानडाले पहिलो एक ओभरमा पनि पहिलो विकेट लिन सफल भएको छ। नेपालका मायन यादव आउट भएका हुन्। नेपालले १.३ ओभरमा ७ रन जोडेको छ। खेल जारी छ।


