काठमाडौं-क्यानडा ११ विरुद्ध नेपाल ‘ए’ले २ विकेटको जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २४१ रनको लक्ष्य दिएको थियो। क्यानडाले दिएको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो।
नेपाललाई जिताउन कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए। यस्तै बसिर अहमद ५२ रनमा अभिजित रहे। ओपनर अर्जुन कुमालले ४० रन बनाउँदा रसिद खानले ४७ रन बनाए।
पहिला ब्याटिङको गरेको क्यानडा ४९.५ ओभरमा २४० रन बनाउँदै अलआउट भएको थियो । क्यानडाका लागि श्रेयास मोभ्भाले सर्वाधिक ६८ रन बनाउँदा नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाएका थिए।
जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको छ। पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।


