काठमाडौँ- आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आज नेपाल र नामिबिया प्रतिस्पर्धा गर्ने भएका छन्। खेल नेपाली समयअनुसार साढे ९ बजे
किर्तिपूरस्थित टियूको मैदानमा सुरु हुनेछ।
यस अघि नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गर्यो। आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ।
त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन्। हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन्। नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड छन्।


