काठमाडौँ- नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए। आज विकेट पनि परिवर्तन भएको छ। आज दोस्रो विकेटमा खेल भएको छ। जहाँ ब्याटिङ सहयोगी मानिन्छ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन्।
नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो। दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।
नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन्। जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो।
आज नेपालले रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल प्लेइङमा राखेको छ भने, आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ बेन्चमा रहेका छन्।


