काठमाडौँ– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपाल १६८ रनमा अलआउट भएको छ।
त्रिवि कीर्तिपुरको मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले ३७.१ ओभरमा पूरै विकेट लिएको हो।
नामिबियाका बर्नाड स्कोल्जले र जान निकोल लोफ्टीलेले ४-४ विकेट लिएका थिए। यस्तै गेहार्ड इरास्मस र ज्याक बासेलले १-१ विकेट लिए।
नेपालका कुशल मल्लले व्यक्तिगत रुपमा ३६ रनको योगदान गरे। यस्तै कुशल भुर्तेलले १८ र आशिफ शेख ५८ रनको योगदान गर्दा रोहित पौडेल, अनिल शाह र देव खनाल शून्य रनमै आउट भए।
६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए।
दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा आउट भए। ३५औं ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए।
यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे।
यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गएको थियो।
दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।
अब नेपालले फागुन १३ गते पुन: नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।


