काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामामाथि अपहरणको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरेको आरोप लगाएका हुन्। उनले आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको बताएका छन्।
विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको उनको आरोप छ।
यस्तो छ खड्काको आरोप


