काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। यसअघि ४ मन्त्री पठाएको कांग्रेसले साउदलाई सरकारमा पठाउन लागेको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार साउदको शपथ भोलि (आइतबार) दिउँसो ३ बजेका लागि तय भएको छ। ‘कांग्रेसका तर्फबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने तय भएको छ। भोलि ३ बजे शपथ छ,’ बालुवाटार स्रोतले भन्यो।
कांग्रेसबाट यसअघि उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, सिता गुरुङ शहरी विकासमन्त्री बनेका थिए। उनीहरुले चैत १७ गते सपथ लिएका थिए।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ९ मन्त्रालय पाएको कांग्रेसले थप ४ जना मन्त्री पठाउन बाँकी छ।


