काठमाडौं- आइसीसी क्रिकेट विश्वका लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको हो।
मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २०४ रन पछ्याएपनि ४३.५ ओभरमा १७९ रनमा अलआउट भयो।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबिया ४१.३ ओभरमा २०३ रनमा समेटिएको थियो।
जितसँगै नामिबिया चार खेलमा ६ अंक जोड्दै लिग–२ को शीर्षस्थानमा उक्लेको छ।
नेपाल र नेदरल्यान्ड्सको तीन खेलमा २–२ अंक छ।
अब अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन्।


