काठमाडौँ- नेकपा एमालेको भातृ सँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेता कमल जोशीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। शुक्रवार साँझ लैनचौर स्थित अमृत साइन्स कलेज (अस्कल) मा आयोजित कार्यक्रम सकेर निस्केका जोशीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जानकारी दिएको छ।
क्याम्पस अगाडि सडकमा जोशीलाई एउटा समूहले आक्रमण गरेको आक्रमणमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
आक्रमणबाट जोशीको टाउकोमा चोट लागेको छ। अखिलको स्थायी समिति सदस्य जोशी यसअघि अस्कल क्याम्पसको स्ववियु सभापतिमा चुनाव लडेका हुन्। अनेरास्ववियुका अधिकारीहरूले अखिल जोशीमाथि अखिल (क्रान्तिकारी)ले आक्रमण गरेको आरोप लगाएका छन्।


