काठमाडौँ- नेपालले नेदरल्यान्डलाई १७३ रनको लक्ष दिएको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले १० वीकेटको क्षतिमा ४९.३ ओभरमा १७३ रनको लक्ष दिएको हो।
नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यो एक दिवसीय खेलमा सामान्य लक्ष हो।
आजको खेलमा ओपनर कुशल भुर्तेलले ६७ रन जोडेका छन्। ब्याटिङमा संघर्ष गरेको नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरेका हुन्। यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे। ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालले १३५ रनको कुल स्कोरमा ८ विकेट गुमाएसकेको थियो। तर, आरिफ शेख र करण केसीले ३६ रनको साझेदारी गर्दै टोलीलाई राहत दिए। नेपालले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो।


