काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ए ग्रेडका क्रिकेट खेलाडीलाई मासिक तलव एक लाख रुपैयाँ दिने निर्णय गरको छ। सोमबार सम्पन्न क्यानको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
ग्रेड एमा रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्।
क्यानले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ। क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो।
क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ। पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्याएको छ। भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्याएको छ।
क्यानले खेलाडी सम्झौतामा यसपटक थप गरेको छ। पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्याएको छ। भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्याएको छ।
महिलातर्फ ए ग्रेडका खेलाडीले मासिक ५० हजार तलव पाउनेछन्। महिला ए ग्रेडमा इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर छन्।




