काठमाडौँ- घरेलु मैदानमा हुन लागेको टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाले खेल्ने भएका छन्।
खेल टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ।
टी-२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिजपछि टी–२० सिरिज खेल्न लागेका हुन्।


