काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको बैठकमा निरन्तर अनुपस्थित हुन थालेपछि भएपछि सांसद्हरुले व्यंग्य गर्न थालेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री माथि व्यंग्य गरेका हुन्। उनले केही दिन अघि प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा झुलुक्क देखिएपछि आजभोली देखिन छाडेको बताए।
उनले प्रधानमन्त्रीको हुलिया खुलाएर फेला पार्ने व्यक्तिले संसद् भवन नयाँ वानेश्वरमा बुझाइदिन आग्रह गरे।
के भने पन्तले?
नागरिकताको नामः पुष्पकमल दाहाल
चलन चल्तीको नामः प्रचण्ड
स्थायी ठेगानाः फेरिरहने
अस्थाइ ठेगानाः कहिले खुमलटार कहिले बालुवाटार
हुुलियाः पहिला कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने
उमेरः ६५ नाघेको ७० नपुगेको जस्तो देखिने
उहाँ केही दिन अघि प्रतिनिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छाडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ वानेश्वरमा बुझाइदिनुहोला, उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ।
