काठमाडौँ- नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
नेपाल र नामिबियाबीच आज हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोजेको छ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिजपछि तीन देशबीच टी-२० सिरिज हुन लागेको हो।
आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपको तयारीका लागि तीन देशले टी-२० सिरिज खेलेका हुन्।
नेपालले आज आफ्नो प्लेइङ ११ मा प्रमुख स्पिनरलाई नखेलाउने भएको छ। प्रमुख स्पिनरको रुपमा ललित राजवंशी खेल्दै आएपनि उनी आज बेञ्चमा छन् ।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी।


