काठमाडौँ- सशस्त्र प्रहरी बलले केवलकारमा आपत्कालीन अवस्था आइपरे उद्धार गर्ने विधि प्रदर्शन गरेको छ।
चन्द्रागिरि केबलकारमा सशस्त्रको ९ नम्बर पशुपति बाहिनी मुख्यालयले केवलकार आपत्कालीन उद्धार अभ्यास गरेको हो।
केवलकारमा हुनसक्ने कुनै पनि दुर्घटनाबाट उद्धार गर्नेबारे जानकारी दिन उद्धार अभ्यास सञ्चालन गरिएको थियो।
केवलकार सुरक्षा एवं उद्धार चुनौतीपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै उद्धार अभ्यास गरेको हो।
केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउन कार्यक्रम गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले जानकारी बताए।
सशस्त्र बलका २६ जना र चन्द्रगिरि हिल्सका ८ जना गरी ३४ जनाले अभ्यास उद्धारमा सहभागिता जनाएका थिए।

















