काठमाडौं- नेपाल नामिबियासँग पराजित भएको छ। टी२० आई त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४७ बनाए। यस्तै कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए। नामिबियाले टस जितेर पहिला ब्याटिङ गरेको थियो। नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ।


