काठमाडौँ- माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने निर्णय गरेको छ।
बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलले उम्मेदवार उठाउने निर्णय गरेको हो।
बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए।
सोही अनुसार आफ्नो दलले पनि उम्मेदवार बनाउने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिए।


