२०८३ कार्तिक १२ गते बुधबार

प्रचण्डका भाइ बागमतीका सहइन्चार्ज, बुहारी सुदूरपश्चिममा!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
prachanda

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ र बुहारीका लागि महत्वपूर्ण पद राखिदिने निर्णय गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

प्रचण्डका भाइ नारायण दाहाल बागमतीको सहइन्चार्ज बन्दा बुहारी विना मगर सुदूरपश्चिममा सहइन्चार्ज बताइएकी छन्।

माओवादी पार्टीले भने संसदीय फाँट र पार्टीको काममा अलग-अलग जिम्मेवारी तोक्ने गरी इन्चार्ज हेरफेर गरेको दाबी गरेको छ। यसअघि पनि भदौमा चार महिने विशेष रूपान्तरण अभियान सञ्चालन गर्न इन्चार्ज हेरफेर गरेको थियो।

नयाँ जिम्मेवारीअनुसार, कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज बनेका छन्। यहाँ सहइन्चार्ज सावित्रीकुमार काफ्ले बनाइएका छन्।

मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा विश्वनाथ साह नियुक्त भएका छन्।

बागमती प्रदेशको इन्चार्जमा उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई तोकिएको छ। बागमतीको सहइन्चार्जमा प्रचण्डका भाइ दाहाल छन्। यद्यपि बागमती सहइन्चार्जका विषयमा उपमहासचिव जनार्दन शर्माले फरक मत राखेपछि निर्णय सार्वजनिक गरिएको छैन।

गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा र सहइन्चार्ज हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्ज कुलप्रसाद केसीलाई तोकिएको छ।

यस्तै, कर्णाली प्रदेशमा कालीबहादुर मल्ललाई इन्चार्ज बनाइएको छ भने सहइन्चार्ज बाँकी छ। यस्तै, सुदूरपश्चिमको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज तोकिएका छन्।

विशेष प्रदेशमा हितमान शाक्यलाई इन्चार्ज र सहइन्चार्ज यशोधा सुवेदीलाई बनाउने निर्णय भएको छ।
यसैगरी प्रवासअन्तर्गत मध्यपूर्वमा पम्फा भुसाल र युरोप–अमेरिकामा राम कार्कीले इन्चार्ज बनाइने भएको छ।
भारतमा लक्ष्मण पन्त इन्चार्ज बनेका छन्।

प्रकाशित: २०८० फाल्गुण १६ गते बुधबार ०२:४१
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना