काठमाडौँ- त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित भएको छ।
सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको हो।
मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो।
अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्ने छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सकेको हो।


