काठमाडौं- फ्रेन्च फुटबलर पल पोग्बा माथि चार वर्षको प्रतिबन्ध लागेको छ। ३० वर्षीय पोग्बा इटालीको एन्टिडोपिङ प्रोसिक्यूटर कार्यालयले ४ वर्षको प्रतिबन्ध लगाएको हो।
यूभेन्टसका मिडफिल्डर पोग्बाले चालू सिजनको पहिलो (उडिनिज विरुद्धको)खेलपछि गरिएको टेस्टोस्टेरोन परिणमा डोपिङ गरेको पुष्टि भएको थियो। पोग्बा म्यानचेस्टर युनाइडेटका पूर्व मिडफिल्डर हुन्। गत अगस्ट २० तारिखमा युभेन्ट्स र उडिनेसबीच भएको खेलपछि उनको परीक्षण गरिएको थियो ।
उक्त खेलमा युभेन्ट्स ३—० गोलले विजयी भएको थियो। पोग्बाले आफूले अहिलेसम्म कुनै पनि प्रतिबन्धित औषधी सेवन नगरेको दाबी गरेपनि परिक्षणमा उनले प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएको थियो। क्लबले उनलाई तत्कालै निलम्बन गरेको थियो।


