२०८३ असोज २२ गते बिहिबार

राष्ट्रियसभा अध्यक्ष : प्रचण्डका धरमरे कुरा, देउवा ढुक्क!

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, फाल्गुण १७
prachanda_deuba

काठमाडौँ- नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालले एक दिन अघि आफैँले गराएको निर्णयमा एकदिन पनि नटिक्दै संशोधन गरेका छन्।

बुधबार काठमाडौँमा सम्पन्न आफ्नै अध्यक्षतामा सकिएको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकका निर्णयलाई प्रचण्डले त्यसको भोलिपल्टै चितवन पुगेर संशोधन गरिदिएका हुन्।

बुधबार सम्पन्न माओवादी स्थायी कमिटीका निर्णय सुनाउँदै पूर्वसभामुख समेत रहेका माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको बताएका थिए।

‘बैठकमा अधिकांश सदस्यले राष्ट्रिय सभाको अध्यक्ष छोड्न हुँदैन भन्ने धारणा राख्नु भएको थियो। आज हाम्रो तर्फबाट पनि उम्मेदवारी दिने निर्णय भएको छ,’ स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सापकोटाको भनाइ थियो।

तर पार्टीको निर्णयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड २४ घण्टा पनि टिक्न सकेनन्। बुधबार मात्रै पत्रकार सम्मेलन गरी प्रवक्ता सापकोटाले पत्रकारहरूलाई सुनाएका निर्णयलाई बिहीबार चितवन पुगेर उल्टाइदिएका हुन्।

भरतपुर विमानस्थल पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिनेबारे पार्टी स्थायी समितिले निर्णय नगरेको बताए।

‘स्थायी समितिका अत्यधिक सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष हामीले छोड्न हुँदैन सुझाव राख्नुभएको छ। लिखित निर्णय भइसकेको छैन,’ प्रधानमन्त्री दाहालले भनेका थिए।

यसअघि उनले कांग्रेसका कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियामा खेलेको भूमिका, संविधान निर्माणमा खेलेको सकारात्मक भूमिका खेलेकाले उनलाई अध्यक्ष बनाउन सकारात्मक ढंगले सोच्न सकिन्छ भनेको तर त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम भिन्न ढंगले अघि बढेको बताए। तर यही विषयकै कारण गठबन्धन नै टुट्छ भन्ने परिस्थितिमा आफूहरू नपुगेको उनको भनाइ थियो।

‘भर्खरै सकिएको कांग्रेस महासमिति बैठकले आवश्यक नै नभएको गठबन्धन नै गरिँदैन भन्ने कुरा गर्‍यो,’उनले भने, ‘रुखबाहेक गठबन्धन गर्दैनौं भनेर अहिले बोल्न कांग्रेसलाई के जरूरी थियो! यसले पनि देशभर एउटा तरंग पैदा गरेको छ, धर्मनिरपेक्षता, जनयुद्धका बारेमा अहिले किन बोलेको हो भन्ने प्रश्न त उठेको छ तर त्यसले ठूलै अन्तर परिहाल्छ भन्ने स्थितिमा हामी पुगेको छैन।’

माओवादी प्रवक्ता सापकोटा आफूहरूको निर्णय गरे पनि यस विषयमा गठबन्धनमा फेरि छलफल हुने बताउँछन्। ‘अहिले हामीले निर्णय लिएका छौँ। यस विषयमा गठबन्धनमा छलफल हुन्छ। एउटा निष्कर्षमा पुग्छ। यसले गठबन्धनमा तात्विक असर पर्दैन,’ प्रवक्ता सापकोटा भन्छन्।

कांग्रेसको हालै सम्पन्न महासमिति बैठकले आगामी चुनावमा एकल रूपमा प्रतिस्पर्धा गर्ने निर्णय गरेपनि त्यसले गठबन्धनमा फरक नपार्ने सापकोटाको भनाइ छ। आफूहरूले पनि आगामी चुनावमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेकाले यो विषयले गठबन्धनको सरकारलाई फरक नपार्ने उनको भनाइ थियो। ‘हाम्रो पार्टीको विधान सम्मेलनमा अबको निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने हामीले निर्णय गरिसेका छौँ। यो कार्यनीतिक विषय हो। रणनीतिक होइन,’ अबको चुनावमा एक्लै प्रतिस्पर्धा गर्न तयारी गर्ने भनेर हामीले भनिसकेका छौँ। यो तात्कालीन र कार्यनीतिक विषय हो।’

सत्ताघटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षमा एक जना मात्रै उम्मेदवार प्रस्तुत हुने बताउँछन्। बिहीबार नै चितवन पुगेका अध्यक्ष नेपालले गठबन्धनभित्र यसबारे छलफल गरेर आवश्यक निर्णयमा पुगिने बताए।

‘यसबीचमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका बैठक भए। सबै पार्टीहरूमा विभिन्न विचार आएका छन्, कुन ढंगले अघि बढ्छ हेर्न बाँकी छ। सहमतिका लागि कुनै न कुनै उपाय निकालिन्छ,’ अध्यक्ष नेपालले भने।

कांग्रेस सभापति देउवा भने प्रचण्डले पार्टीबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार खडा गर्ने निर्णय गराए पनि अन्तिम समयमा माओवादी पछि हट्नेमा ढुक्क छन्।

बिहीबार देउवाले बूढानिलकण्ठस्थित आफ्नो निवासमा कांग्रेसका शीर्ष नेताहरूलाई बोलाएका थिए। पदाधिकारीसँग निवासी छलफल गरेका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले नै पाउने ब्रिफिङ गरे।

‘सभापतिज्यूले राष्ट्रिय सभा अध्यक्षका विषयमा धेरै चिन्ता लिनु पर्दैन, हामीले नै पाउँछौं भन्नु भएको छ,’ छलफलमा सहभागी एक नेताले देउवालाई उद्धृत गर्दै भने, ‘यसबारे प्रधानमन्त्रीसँग कुराकानी भइराखेकै छ।’

कांग्रेस महासमितिको बैठकले पारित गरेका प्रतिवेदनमा चुनावमा गठबन्धन नगर्ने विषयबाट प्रचण्ड कांग्रेससँग अत्तालिएका हुन्। तर महासमिति बैठकले पारित प्रस्ताव परिमार्जन गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको छ। यसरी प्रस्ताव पारित गर्दा प्रचण्डले उठाएका विषयलाई पनि समेटिदिने तयारी देउवाको छ। केन्द्रीय समितिमा ८० प्रतिशत भन्दा बढी शक्ति देउवासँग भएकाले आफूले चाहे अनुसारका निर्णय गराउन देउवालाई समस्या छैन। महासमिति बैठकमा प्रस्ताव पेस गर्नुअघि पनि देउवाले प्रचण्डसँग भेट गरी गठबन्धन नटुट्ने वातावरण बनाउन आग्रह गरेका थिए। यसको संकेत महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन्। माओवादीको असन्तुष्टिलाई कांग्रेसको डकुमेन्टमा सम्बोधन गरेर संवादमार्फत अगाडि बढ्नुपर्ने उनको पछिल्लो भनाइ छ।

राष्ट्रिय सभामा १७ सांसदसहित माओवादी सबैभन्दा ठूलो दल छ। कांग्रेसका १६, नेकपा (एमाले) का १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।

प्रकाशित: २०८० फाल्गुण १७ गते बिहिबार १०:२३
प्रतिक्रिया

थप समाचार

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

कांग्रेस महाधिवेशनः मतदानको समय दिउँसो १ बजेसम्म सारियो

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार...

मन्त्रिपरिषद्का ६ निर्णयः नवीनराज सिंहलाई सचिवमा बढुवालगायत १५३ पीडितलाई क्षतिपूर्ति

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष...

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको...

आर्थिक नीति सुधारमा योगदान गर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीः डा गोविन्दराज पोखरेल

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना