काठमाडौँ- त्रिकोणात्मक टी–२० आईसिरिजअन्तर्गत आज नेपाल र नामिबिया भिड्ने भएका छन्। खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो। नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ। आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ।


