काठमाडौँ- मोरङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा २ जनको मृत्यु भएको हो।
मृत्युहुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य ५ जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए। घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि कोशी अस्पताल पठाउँदै गर्दा २ जनाको बाटोमै मृत्यु भएको हो। साथै अन्य ५ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।


