काठमाडौं- नामिबिया माथि नेपालले साँघुरो जित निकालेको छ। शुक्रबार त्रिबि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ३ रनले विजयी भएको हो। त्रिकोणात्मक टी-२०आई सिरिजमा यो नेपालको पहिलो जित हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो।
नामिबियाका कप्तान जेजे स्मिथ अर्धशतक बनाए। यस्तै जान फ्राइलिंकले ३७ रन बनाए। जेपी कोट्जे २५ रन बनाउँदा जान निकोल लोफ्टी इटोन शून्यमै आउट भए। नेपालका लागि करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए भनेअविनास बोहोराले समान एक विकेट झारे।
पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। मल्ल ५५ रनमा नट आउट रहे। आरिफ शेखले ३१ रन बनाए। अोपनर अनिल शाहले २३ रन बनाए। गुल्सन झा ले २६ र कप्तान रोहित पौडेलले १० रन जोडे। दीपेन्द्र सिंह ऐरीले १६, करण केसीले ७ र सोमपाल काकी २ रन बनाए। ओपनर आशिफ शेख भने १ रनमा आउट भएका थिए।
जितसँगै नेपालले २ अंक जोडेको छ। नामिबियाको पनि समान २ अंक छ। नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ। अब नेपालले शनिबार (भाेलि) नेदरल्यान्ड्ससँग खेल्नेछ भने आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन्। फाइनल खेल भने मंगलबार हुनेछ।


