भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका छन्। तीन दिनयता अस्वस्थ रहेकाले ओलीलाई भेट्न प्रचण्ड र देउवा बालकोट पुगेका हुन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल गरी सहमतिको वातावरण तयार गर्न दुई नेता एकै गाडीमा चढेर बालकोट पुगेको बताइएको छ। सभामुख देवराज घिमिरे पनि बालकोट पुगेका छन्।
