काठमाडौं- नेदरल्यान्डले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। शनिवार त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टि-२० सिरिज अन्तर्गतको खेलमा नेदरल्यान्ड सस्तैमा समेटिएको हो। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई १९.३ ओभरमा १२० रनमा अलआउट गरेको हो।
नेदरल्यान्डका म्याक्स ओडाउटले सर्वाधिक ३१ रन बनाए। यस्तै टिमभान डर गुगटेन र रोलेफ भान डर मर्वेले समान २३/२३ रन बनाए। यस्तै स्टक एडवार्ड्सले १८ रन जोडे।
नेपालको लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए। यस्तै करण केसी र कुशल मल्लले समान २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।


