काठमाडौं- त्रिदेशीय टी२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। शनिवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्सले नेपालका सामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेदरल्याण्ड्सले दिएको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। यस्तै गुल्सन झाले ३८ रन बनाउँदा कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो। नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।


