काठमाडौं– आयरल्यान्डको ‘ए’ क्रिकेट टिम नेपाल आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आयरल्यान्डको ए टिमले नेपालको सिनियर टिम र ए टिमसँग सिरिज खेल्नेछ।
नेपालको सिनियर टिम र आयरल्यान्डबीच चैत ११ मा टी–२० खेल हुनेछ। यस्तै चैत १२ मा नेपाल र आयरल्यान्डको ए टिमले दोस्रो टी–२० खेल खेल्नेछन्।
त्यसपछि नेपालको ‘ए’ टिम र आयरल्यान्डको ‘ए’ टिमबीच तीन खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज हुनेछ।
नेपालले आगामी जेठ दोस्रो सातादेखि हुने टी–२० विश्वकपको तयारीका लागि सिरिज खेल्न लागेको हो।


