काठमाडौं- आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन्।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरबाट उनीहरू पक्राउ परेका हुन्।
उक्त स्थानमा प्रदर्शन गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनीहरूलाई महाराजगञ्ज वृत्तमा राखिएको छ।
गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको पोस्टमार्टम रिपोर्टमा असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गर्ने तयारी गरेका थिए। यसै क्रममा दुवै जना पक्राउ परेका हुन्।
झुन्डिएको अवस्थामा फेला परेकी पोखरेलको हत्या भएको दाबी उनीहरूको छ।
यद्यपि पोस्टमार्टम रिपोर्टमा हत्या गरेको प्रमाणित हुने कुनै विषय उल्लेख छैन। उनको मृत्युको कारण ह्याङगिङ (झुन्डिएका)का उल्लेख छ।
फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलभित्र शालिन मृत भेटिएकी थिइन्।
