काठमाडौं- नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको टार्गेट दिएको छ। त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधिका लागि टस जितेर ब्याटिङ रोजेको नेपालले नेदरल्याण्ड्सका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन जोड्यो। नेपालले ३.३ ओरमा पहिलो विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल २५ रन बनाउँदै आउट भए।
आसिफ शेखले ४७ रन जोड्दा गुल्सन झाले ३४ रन बनाए। कुशल मल्लले २६ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले १, करण केसीले ९ बनाए। सोमपाल कामी र प्रतिश जीसीले समान ६/६ रन बनाएर नटआउट रहे। आरिफ शेखले भने रनको खाता नै खोल्न सकेनन्।
नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २ विकेट लिए।


