काठमाडौँ- नेदरल्यान्डसले त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जितेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्दै उपाधि जितेको हो।
नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
नेदरल्याण्ड्सका माइकल लेभिटले लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए।
स्याब्रान्ड एंगेलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए।
म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।
खेलमा कुशल मल्लले ४ विकेट लिए पनि नेपाली टिमलाई जिताउन सकेनन्।


