बागमती- पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो। धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको विस्तृत विवरण प्राप्त भएको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।


