काठमाडौँ- यात्रुवाहक बस त्रिशूलीमा खसेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान ५ बजे अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ।
नदीमा खसेकामध्ये १३ जनालाई उद्धार गरिएको छ। प्रहरीका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले उनीहरुलाई जीवितै उद्धार गरेको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।


