काठमाडौं- नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेड बिच डिजिटल भुक्तानी का लागीरणनितिक सम्झौता भएको छ। यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन्।
यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप-गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन्। ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाको लाभ उठाउन सक्नेछन्।
बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन्। उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५० भन्दाबढी बैंक सँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आइरहेका छ। यसै अनुरूप गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौं।’
खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू १ लाख भन्दा धेरै एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट व्यबसायी, ५० भन्दा बैंक तथा वित्तिय संस्था, एक हजार पाँच सय भन्दा धेरै सहकारी र तीन सय कर्मचारीको परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।
गरिमा विकास बैंकले आफ्ना देशभर १२३ वटा शाखा कार्यलयहरु, ५१२ एटिएम् मार्फत निरन्तर गुणस्तरिय सेवा प्रदान गरिसकेको छ। २०६४ मा स्थापना भएको यस बैंक प्रशिक्षित समुह र सुरक्षित बैंकिङ प्रणाली सहित ग्राहकहरुलाई उच्च सेवा वितरणको लागी लक्षित छ।


