काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले ६ विकेटको जितसँगै सुखद् सुरुआत गरेको छ। उद्घाटन खेलमा २३६ रनको लक्ष्य पाएको नेपालले ३६ ओभर खेल्दै ६ विकेट बचाएर पहिलो जित निकालेको हो।
पहिलो पारीमा विपक्षी मलेसियाले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३५ रन बनाएपछि नेपालले २३६ रनको लक्ष्य पाएको थियो। मलेसियाका लागि कप्तान फाइजले सर्वाधिक रन बनाएका थिए।
जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले राम्रो सुरुआत गरेन। ओपनर आसिफ शेख मुहम्मद वाफिकको हातबाट कट एन्ड बोल्ट भए। तर कुशल भुर्तेल १०औं ओभरसम्म टिकेर ३८ रन बनाए।
तेस्रो नम्बरमा मैदान छिरेका रोहित पौडेल आउट हुनुपूर्व ४२ रन बनाएका थिए। ५ चौका प्रहार गरेका पौडेललाई विरन्दीप सिंहले मुहम्मदको हातबाट क्याचआउट गराए।
पाँचौ नम्बरमा मैदान प्रवेश गरेका कुशलले भने सुस्त सुरुआत गरेर पछि विश्फोटक ब्याटिङ गरे। उनीविरुद्ध मलेसियाका खैजर हयातले एकै ओभरमा १६ रन खर्चिएका थिए। त्यसपछि पनि नेपालले ११ रन र १० रन बनाएको थियो। यो क्रम खेलभरी जारी रह्यो।
नेपालले ११९ रन बनाएको अवस्थामा यि दुई खेलाडीले २३१ रनको शतकीय साझेदारी गरे। भीमले ७१ रन बनाउँदा कुशलले २८ बलमै अर्धशतक बनाएका थिए।
कुशल अन्तिमसम्म टिकेर ७० रन बनाए। उनले पाँचौ चौका र पाँच छक्का प्रहार गरे। मलेसियाका वाफिक, हैदर, उन्नी र सिंहले समान १–१ विकेट लिए।
पहिलो पारीमा नेपालका गुल्सन झाले ओपनर मुहम्मद अमिरलाई छैटौं ओभरमा आउट गराएका थिए। राम्रो प्रदर्शन गरेको मलेसियाको पहिलो विकेट झर्दा उसले २२ रन मात्र बनाएको थियो। तर मैदानमा रहेका विरनदीप सिंहले कप्तान अहमद फाइज (तेस्रो ब्याटर)सँग मिलेर ११६ रनको साझेदारी गरे।
दोस्रो विकेटमा रुपमा आउट हुनुअघि फाइजले ९५ बलमा ७६ रन बनाएका थिए। सन्दीप लामिछानेको बलमा आसिफ शेखले फाइजलाई स्टम्पिङ गराएका हुन्। त्यतिबेलासम्म सिंहले पनि ४१ रन बनाइसकेका थिए।
नेपालले पहिलो विकेट गिराएको लामो समयसम्म दोस्रो विकेट लिन सकेको थिएन। छैटौं ओभरमा विकेट लिएपछि नेपालले अर्को विकेटको लागि २८ ओभर लामो यात्रा गर्नु परेको थियो। नेपालका लागि बलिङ गरिरहेका सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले ३७ ओभर सकिँदासम्म पनि विकेट लिएन सकेका थिएनन्।
यसबीच नेपालले दुई मात्र विकेट लिन सकेको थियो। मलेसियाविरुद्ध नेपालले गरेको यो निकै फितलो र कमजोर प्रदर्शनसमेत हो। त्यसपछि नेपाली बलरले प्रदर्शन सुधार गर्दै विकेट लिए। ३८ औं ओभरको पहिलो बलमा ललितले व्यक्तिगत पहिलो विकेट लिए।
ललितको बलमा अर्धसतक पुर्याउन लागेका विरनदीप सिंह आउट भए। मैदानमा ९४ बल खेलेर ४६ रन बनाएको अवस्थामा ललितले विरनदीपलाई सोमपालबाट क्याचआउट गराएका थिए। मलेसियाले तेस्रो विकेट गुमाउँदा उसले १५५ रन बनाएको थियो।
ललितले अर्को विकेट भने ४०औं ओभरको पहिलो बलमा लिए। उनले त्यतिबेला विजय उन्नीलाई पेवेलियन फर्काएका थिए। सोमपालले चाहीँ खेलको ४१ औं ओभरको चौथो बलमा सियल अजिज(१३ रन)लाई रोहित पौडेलको हातबाट क्याचआउट गराए।
यससँगै मलेसिया पाँच विकेट गिराएर १७३ रन बनाएको अवस्थामा थियो। नेपालले पछिल्लो चार ओभरमा तीन विकेट लिएको अवस्था बन्यो। त्यो अवस्थामा प्रशिक्षक मोन्टी देशाई आफैं पानी बोकेर मैदानको वरिपरि घुमेर खेलाडीलाई सुझाव दिइरहेका देखिन्थे।
नेपालले त्यसपछि लगातार विकेट लियो। ४७ औं ओभरमा सोमपालले पहिलो बल डट फालेर लगातार दुई विकेट लिए। फित्रि साम शून्यमै आउट भएका थिए भने खिजर हयातले २२ रन बनाएका थिए। यससँगै मलेसियाले सातौं विकेट गुमाएर २०९ रन बनाएको थियो।
यसरी नेपालका लागि आज सोमपाल र सन्दिपले धेरै विकेट लिए भने ललित राजवंशीले किफायति बलिङ गरे। यससँगै अन्तिममा सन्दीपले सोमपालसँग बराबरी गरेका थिए। अन्तिममा मलेसियाले आठ विकेट गुमाएर २३४ रन बनायो। आजको जितसँगै नेपालले समूह ए मा २ अंक जोडेको छ।
