२०८३ कार्तिक १६ गते आईतबार

फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २६
sdyer

चितवन- भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन्। शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरू उत्साहित भएका हुन्।

नेपाली औषधि उत्पादक सङ्घ(एपोन)ले आयोजना गरेको उक्त एक्स्पोको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले नेपालको भूगोल, परिवेश र हावापानीमा हुने रोगलाई दृष्टिगत गरेर औषधि उत्पादन गरे स्वदेशी उत्पादनको खपत बढ्ने बताए। सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्ने भ्रम चिर्दै सकारात्मक रूपमा अघि बढ्न उनले आग्रह गरे।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै सबैले सफा नियतले काम गर्नुपर्ने बताए। उनले उत्पादक, चिकित्सक र राज्यले नेपाली औषधिलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने बताए।

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डले औषधिका आधारभूत कुरामा अल्झनभन्दा विश्व बजारमा कसरी पुर्‍याउन सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने बताए। एपोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले खुला अर्थ बजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए । औषधिको मूल्य बजारले नै निर्धारण गर्ने उनको भनाइ थियो।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौती रहेको बताए। उनले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीतिभन्दा पनि नियत खराब रहेकाले फस्टाउन समस्या रहेको बताए। कार्यक्रममा आयुर्वेद औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डे, नेपाल औषधि व्यवसायी सङ्घ(एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल, नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललितमोहन पन्थ लगायतले नेपाल औषधि व्यवसायबारे आ-आफ्ना धारणा राखेका थिए।

एक्स्पो संयोजक प्रभात रुङ्गटाले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ एक्स्पो सुरु भएको बताए। यही फागुन २७ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा १६० कक्ष रहेका छन्। नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मनी, चीनलगायत देशले औषधि उत्पादनमा प्रयोग गर्ने उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिका कक्ष राखिएका छन्। नेपाली उद्योगले उत्पादन गरेका औषधि विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम छन भन्ने बुझाउन एक्स्पो आयोजना गरिएको सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताए।

प्रकाशित: २०८० फाल्गुण २६ गते शनिवार १०:२२
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना