काठमाडौं- हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ। शनिवार हङकङमा भएको मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो पराजय भोगेको हो। टस हारेर पहिला ब्याटिङ रोजेको हङकङले नेपाललाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रनको लक्ष्य दिएको थियो। हङकङले दिएको विशाल लक्ष्य पछ्याएको नेपालले १६.४ औँ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन मात्रै जोड्न सक्यो।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन जोडे। आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउँदा अन्य ब्याट्स म्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
पहिले ब्याटिङ गरेको हङकङका बाबर हायातले शतकीय पारी खेले। उनले ४९ बलमा ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा १ सय १० रन बनाएका थिए।
नेपालका लागि आकाश चन्दले ३, रासिद खान, प्रतिश जिसि र आरिफ शेखले समान एक/एक विकेट लिएका थिए। टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको थियो।
सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिष्पर्धा हुनेछ। यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्नेछ।फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।


