२०८३ कार्तिक १४ गते शुक्रबार

हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २६
aa

ललितपुर- ललितपुरको गोदावरीमा शनिबार सम्पन्न राष्ट्रिय व्यापी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन्।

गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापी खुल्ला हाफ म्याराथमको निर्धारित २१ किलोमिटर दूरी एक घण्टा १० मिनेटमा पूरा गदै खड्काले उपाधि जितेका हुन्।

एक घन्टा १२ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई दोस्रो र सञ्जय श्रेष्ठ एक घन्टा १२ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए।

त्यस्तै एक घण्टा १३ मिनेट ४७ सेकेन्डमा आफ्नो दूरी पुरा गर्दै त्रिभुवन आर्मी क्लबका करण रावल चौथाे र १ घण्टा १४ मिनेट ३७ सेकेन्डमा आफ्नो दूरी पुरा गर्दै त्रिभुवन आर्मी क्लबका श्रीकास राईले पाँचौं हुन सफल भए।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनले रिबन काटेर गरेका थिए भने प्रतियोगिताको सुरुवात गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले सिठी बजाएर सुरु गरेका थिए।

गोदावरी नगरपालिकाको प्रशासकीय भवनबाट सुरु म्याराथन नगरपालिकाको वडा नं १३ झरुवारासी, वडा नं ३ गोदावरी बसपार्क, वडा नं २. विशंखुनारायण,वडा नं १ गोदामचौर ,वडा नं १४ बाँडेगाउँ, झरुवारासी, वडा नं १२ थेचो लगायतका विभिन्न ठाउँको परिक्रमापछि चापागाउँ हुँदै पुनः नगरपालिका कार्यालयमा आएर सम्पन्न भएको थियो।

गोदावरी नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ललितपुर जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगितामा म्याराथनसँगै तीन विधाका दौडहरू भएका थिए। जसअन्तर्गत गोदावरी नगरपालिका व्यापी खुल्ला पुरुष (१० कि.मी.) र गोदावरी नगरपालिका व्यापी खुल्ला महिला (५ कि.मी.) प्रतियोगिता भएको थियो।

पुरुष तर्फ खुला १० किलोमिटर दौडको दूरी ४१ मिनेट २० सेकेन्डमा पूरा गर्दै गोदावरी ७ बुरुन्चुलीका राजाराम तामाङ प्रथम भए। ४२ मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै गोदावरी ५ लेलेका रोमन महत दोस्रो र ४२ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै श्री बुद्धमावि टिकाभैरव का नवराज बानियाँ तेस्रो भए। त्यस्तै प्रतियोगितामा ४३ मिनेट १२ सेकेन्ड पुरा गर्दै गोदावरी नगरपालिका ११ चापागाउँका विकास देसार चौथो र ४४ मिनेट ४४ सेकेन्डमा आफ्नो दुरी पुरा गर्दै श्री बुद्ध मावि टिका भैरवका नवीन बानियाँ पाँचौं भए।

महिलातर्फ खुल्ला ५ किलोमिटर दौडमा २८ मिनेट ५१ सेकेन्डमा आफ्नो दूरी पुरा गर्दै गोदावरी ११ चापागाउँकी बिन्दा धान्के श्रेष्ठ प्रथम भइन्। २९ मिनेट ४५ सेकेन्डमा आफ्नो दूरी पुरा गर्दै बुद्ध मावि बाँडेगाउँकी प्रकृति मगर दोस्रो र ३३ मिनेट ११ सेकेन्डमा सरस्वती मावि लेलेकी सलिना तामाङ तेस्रो भइन्।

प्रतियोगितामा किटिनी मावि टौखेल कि आश्मा बि.क. चौथो र सरस्वती मावि लेलेकी सन्दिका नगरकोटीले पाँचौं उपाधि जित्न सफल भइन्।

हाफ म्याराथन सहित तीन विधातर्फ भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने खेलकुद विकास समितिका अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए।

विजयी हुने खेलाडीलाई भोलि हुने नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री माननीय गगनकुमार थापाको हातबाट नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले बताए।

गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले हाफ म्याराथुमतर्फ भाग लिइ खाली खुट्टा दौडिएका थुलुङ दुधकोशी गाउँपालिका-९, सोलुखुम्बु घर भई हाल कपन बस्ने प्रतियोगी लोकेन्द्र राईलाई नगद रु ५ हजार सहित भोलि हुने कार्यक्रममा सम्मान गरिने जानकारी दिए।

कार्यक्रममा उपप्रमुख मुना अधिकारी, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अचुतराज रेग्मी, विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक एवं नगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित: २०८० फाल्गुण २६ गते शनिवार ०६:१०
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना