काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिरै पार्टीको कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठ कुटिएका छन्।
महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन्।
पार्टीको कार्यसम्पादन समितिको बैठक पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो।
बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए।
उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाएर महामन्त्री पाण्डेलाई ‘भ्रष्टाचारी’को आरोप छ। त्यसपछि श्रेष्ठमाथि आक्रमण भएको बताइएको छ।
आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे उत्तेजित भएका थिए।
ठाकुरमोहनको शरीरमा चोट छ।
ठाकुरमोहन पूर्वएआइजी हुन्।
