२०८३ कार्तिक १६ गते आईतबार

रविभन्दा पछि परेका उपेन्द्रले भने- जनसेवा गर्न वरीयताले फरक पर्दैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २७
upendra_yadav_karyabhar (7)

काठमाडौँ-  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद्को पाँचौँ वरीयतामा परेका छन्। प्रधानमन्त्री र अन्य तीन उपप्रधानमन्त्रीभन्दा पछि उनको वरीयता तोकिएको हो।

उपप्रधानमन्त्रीमध्ये उनी सबैभन्दा पछिल्लो वरीयतामा छन्। एमालेका रघुवीर महासेठ प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा छन्। तेस्रो र चौथो वरीयतामा क्रमश नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्।

राष्ट्रपतिबाट उपप्रधानमन्त्रीको शपथ लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्न मन्त्रालय पुगेका यादवले वरीयताले जनसेवा गर्न कुनै फरक नपर्ने बताएका छन्।

‘म त ग्रासरुटमा बसेर काम गर्ने मान्छे हुँ, यस्ता कुरा थाहा पनि हुँदैन, वास्ता पनि हुँदैन’, यादवले भने, ‘जनताको सेवा गर्न वरीयताले फरक पर्दैन।’

यादव २०६५ सालमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए।

२०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री थिए।

पछि उनलाई ओलीले स्वास्थ्यबाट हटाएर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएका थिए।

उपप्रधानमन्त्रीहरुको वरीयता निर्धारण गर्दा दलको संसदमा रहेको हैसियतका आधारमा गरिएको छ।

ठूलो दल एमालेका उपप्रधानमन्त्री पहिलो वरीयतामा र त्यसपछि क्रमशः माओवादीका श्रेष्ठ, रास्वपाका लामिछाने र जसपाका यादव छन्।

सरकारमै सहभागी एकीकृत समाजवादीका नेता भानुभक्त जोशी भने आठौं वरीयताको मन्त्री छन्।

२२ सदस्यीय मन्त्रिपरिषदमा जसपाका नवलकिशोर साह सुडी अन्तिम वरीयतामा छन्।

उनी भन्दा अगाडि रास्वपाबाट मन्त्री बनेका नेताहरु छन्।

प्रकाशित: २०८० फाल्गुण २७ गते आईतबार ०२:२६
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना