काठमाडौँ- कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ।
कर्णाली पुलबाट पश्चिमतर्फ गइरहेको ट्रकमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
ट्रकबाट आगो पुलमा समेत सल्किएको छ। आगलागी नियन्त्रणका लागि दमकलले प्रयास गरिरहेको भएपनि नियन्त्रणको प्रयास सफल हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो।
प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्।
