काठमाडौँ- नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले आफ्नो टी–२० करिअरमा १ हजार रन पुरा गरेका छन्।
त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आफ्नो करियरको १ हजार रन जोडेका हुन्।
कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन्। उनी नेपालबाट टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन्। दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतकसहित १४७६ रन बनाएका छन्।


