काठमाडौँ- नेपाल ८५ रनले विजयी भएको छ। पपुवा न्युगिनीसँगको खेलमा १६.१ ओभरमा अल आउट गरेर नेपालले ८५ रनले विजयी भएको हो। हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको आजको खेलमा नेपालको तर्फबाट पाएको १९९ रनको लक्ष पपुवा न्युगिनीले भेटाउन सकेन।
नेपालको जितका लागि सबै भन्दा बढी कुशल भुर्तेलले ४ विकेट लिएका थिए। यस्तै, प्रतिश जिसीले ३ विकेट लिएका थिए।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। गुलशन झा र आकाश चन्दले १/१ विकेट लिए।
त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए।
पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए। टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।


