२०८३ कार्तिक १२ गते बुधबार

मलेसियाली कप्तान भन्छन्- घरेलु मैदानमा राम्रो गर्छ नेपाल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ६
nepal cricket1
फाइल तस्बिर

काठमाडौँ- एसीसी प्रिमियर कपको पहिलो खेलमा जित निलेपछि नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले टिमका लागि खेल र जित महत्त्वपूर्ण भएको बताए। त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।  

‘आजको खेल पावर प्लेमा राम्रो भएन। राम्रो बलिङ नभएर हामीलाई अलि साह्रो भएको सत्य हो। उसले धेरै रन पनि बनाइरहेकै थियो। पछि विकेट राम्रो भयो। क्युरेटरसँग र प्रशिक्षकसँग पनि कुरा भयो,’ उनले खेलपछि भने, ‘२५० भन्दा कम भयो भने सजिलै चेज गर्न सकिन्छ भन्ने थियो।’

नेपालले पहिलो विकेट ६ ओभरमा लिए पनि त्यसपछि ३४ ओभरमा मात्र विकेट लिन सक्यो। ४०औं ओभरको आसपासमा प्रशिक्षक मोन्टी देशाई मैदानको फन्को लगाइरुहेको देखिएका थिए।

३८ ओभरपछि भने नेपालले खुरुखुरु विकेट लिएको थियो। त्यसक्रममा मोन्टीले केही भने त?

‘मोन्टी सरले आफ्नो यताउति गर्नुभएको मात्र हो। खास केही थिएन। अब आउने बलियो टिम ओमनविरुद्धको खेल चाहिँ एक दिवसीय पनि हो। उसले राम्रो खेल्छ। ऊ प्रतियोगिताको धेरै बलियो, दाबेदार टिम पनि हो। तर त्यो पनि एक सामान्य खेल हुनेछ,’ रोहितले खेलपछि भने।

‘हामीले आज मलेसियालाई सजिलै हराएर, आफ्नो स्तर मेन्टेन गरिरहेको हो। करण र ज्ञानेन्द्र टिमको प्लेइङ ११ नहुँदा पनि उहाँहरुले राम्रोसँग बुझाइरहनु भएको छ। सहयोग गर्नु भएको छ। राम्रो स्क्वाड गर्नु भन्नु पभएको छ,’ रोहितले प्लेइङ ११ मा निर्धारण गर्न दबाब नरहेको दाबी गर्दै सुनाए।

मलेसियाविरुद्ध भीम सार्कीले ७२ रन बनाए। उनले विकेट झर्ने क्रमलाई रोक्न सहयोग गरेका थिए। ‘टिमलाई गाह्रो परेको अवस्थामा सहयोग गरेको हो। ‘वान बल एट अ टाइम’ खेलेँ अनि पिचमा सजिलो भयो। प्रशिक्षकले अन्तिमसम्म खेलेर फिनिस गर्न भन्नुभएको थियो। त्यो नै गरेको हो,’ भीमले खेलपछि भने।

उनी पहिले तल्लो अर्डरमा ब्याटिङ गरिरहेका हुन्थे। अहिले माथिल्लो क्रममै आएर बलिङ गर्न थालेका छन्। त्यो पनि राष्ट्रिय टिममा।

‘राष्ट्रिय टिममा खेल्न सजिलो हुँदैन। जहाँ चाहिन्छ त्यहिँ खेल्न सक्नु पर्‍यो। त्यसको लागि मैले मेहेनेत गरिरहेको छु। अभ्यासमा सरले कमजोर एरियामा सुझाव दिनुहुन्छ,’ भीमले आफ्नो खेल बारे भने, ‘ पहिले तल्लो अर्डरमा खेले पनि अहिले अर्ली (तीन चारमा)मा आएर पनि खेलेको हो। आर्मीमा रहँदा पनि मैले तीन चार नम्बरमा खेलेको हो।’

अब नेपालले २१ तारिखमा त्रिवि मैदानमा नै ओमनको सामना गर्नेछ। त्यो खेलले नेपाल सेमीफाइनलमा पुग्ने बाटोलाई सहज बनाउने पक्का छन्। किनभने रोहितले पनि ओमनलाई प्रतियोगिताको सबैभन्दा बलियो टिम भनेका छन्। भीमले आउँदो प्रतिस्पर्धीबारे भने, ‘ओमनसँग अस्ति अभ्यासमा पनि खेलेको हो। उसको खेलमा पनि युएईका जस्तै ठिक्कका बलर छन्। धेरै खतरा छन् भनेर लिएको छैन।’

‘मेरो कुरा गर्दा, राम्रो खेलेर जितेर पछि भारत र पाकिस्तानसँग खेल्ने अवसर छ। त्यो धेरै राम्रो हो। यसरी नै खेल्दै गयो भने हामीले एसिया कप खेल्छौं भन्ने नै छ,’ उनले अगाडि भने।

यता मलेसियाका कप्तान फैजले राम्रो सुरुआत गरे पनि पछि राम्रो गर्न नसकेको बताएका छन्। ‘हामीलाई थाहा छ अहिले नेपाल राम्रो अवस्थामा छ। उसले राम्रो गरिरहेको देख्दा मलेसिया सहज लागेको होला। र, हामीलाई गाह्रो नै भयो। नेपाल टफ टिम हो उसलाई बधाई,’ खेलपछि फैजले भने।

उनले खेलमा २८५ रन बाउने कोसिस गरे पनि नसकेको बताए। मलेसियाले २३५ रन मात्र बनाएको थियो। ‘हामी त्यो रनमा पुग्न सकेनौँ। उनीहरुले हामीलाई रेस्टिक गरेका थिए। हामी खेलमा केही ल्याक भयौँ। अन्तिममा हामीले धेरै विकेट गिरायौँ र चाहेजति बाउन्ड्रिी हान्न सकेनौँ,’ फैजले खेलबारे भने, ‘हामीले ब्याटिङमा क्लिक गर्न सकेको छैन। यो विकेटमा नेपालविरुद्ध खेल्न सजिलो पनि त छैन।’

नेपाल तल हुँदा केही कमजोर देखिए पनि अहिले पनि राम्रो रहेको फैजले विश्लेषण गरेका छन्। उनले नेपासँग मैदानमा राम्रो सम्बन्ध रहेको बताए।

‘उनीहरु(नेपाल)ले राम्रो गरिरहेका छन्। नेपालसँग हाम्रो लामो पार्टनसिप छ। मलाई लाग्छ हामीले नेपालसँग ५० ओभर र टी २० का धेरै खेल खेल्नुपर्छ। अब यो हारबाट मुभ अन हुन चहान्छौं,’ फैजले भने, ‘वीरनदीप सिंहले जहिल्यै राम्रो खेलिरहेका हुन्छन्। आज ४२ रन बनाए। उनी टिमका आइडल हुन।’

वीरनदीप नेपालमा धेरै खेलेका पनि छन्। यो प्रतियोगितामा हामी सेमीफाइनलमा जान चाहन्छौं। रियालिस्टिक भएर हेर्दा त्यो हाम्रो गोल हो। तर त्यसको लागि बलिङलगायत धेरै कुरा चाहिन्छ।’

‘नेपाल घरको मैदानमा जहिल्यै राम्रो हुन्छ। नेपालले प्रतियोगिता नै जित्छ होला। तर तोकेरै भन्न सकिँदैन। उसको सन्दीप पनि राम्रो छन्, गुगली खेल्छन्, लेगी पनि हान्छन्। हामी उनीविरुद्ध खेल्न पन पराउँछौं,’ फैजले भने।

प्रकाशित: २०८० बैशाख ६ गते बुधबार ०७:४०
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना