काठमाडौँ- राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन्।
मंगलबार दिउँसो राष्ट्रिय सभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको थियो।
नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्षमा विजयी भएका हुन्।
दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।
दाहाल प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ हुन्।







राष्ट्रिय सभामा विजयी भएपछि











