काठमाडौं- नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पराजित भएको छ। जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल ८६ रनले पराजित भएको हो। नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो। नेपालका लागि सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए।
तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गराएका थिए। गुल्शन झा ६ रन, रोहित पौडेल १२ रनमा आउट भए।
सन्दीप जोरा १७ रनमा आउट हुँदा विवेक यादव १ रनमा क्याच आउट भए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।


