२०८३ कार्तिक १३ गते बिहिबार

आयात खस्किदा सञ्चितिमा सुधार,९.४ महिनाको आयात धान्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौं, फागुन-२८
rasta-bank-cc

आयात प्रतिबन्धका कारण विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको सात महिनाको आर्थिक तथा वित्तीय स्थितिमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको तथ्याङ्क प्रस्तुत गरिएको हो।

२०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति माघ महिना(७ महिना)मा बढेर १३.८ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तसम्म ९ अर्ब ५४ अर्ब रहेकोमा माघ महिनासम्ममा बढेर १० खर्ब ५० अर्ब अर्थात १०.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ।

चालु आर्थिक वर्षको ७ महिनामा विदेशी मुद्राको सञ्चिति ९६ अर्ब डलरले बढेको छ। गत असारको तुलनामा राष्ट्र बैंकसँग भएको सञ्चिति १६.२ प्रतिशतले बढेर १२ खर्ब २८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थामा रहेको सञ्चिति २.६ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब २८ करोड कायम भएको छ।

चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्ने हो भने राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग समेत भएको सञ्चितिले १०.८ महिनाको वस्तु आयात धान्न र ९.४ महिनाको वस्तु तथा आयान धान्न पर्याप्त हुने बताइएको छ।

समीक्षा अवधिमा चालु खाता (वस्तु तथा सेवा निर्यात, विप्रेषण आप्रवाह, वैदेशिक लगानी र वैदेशिक सहायता परिचालनमार्फत मुलुक भित्रिने र वस्तु तथा सेवाको आयातमार्फत मुलुकबाट बाहिरिने विदेशी मुद्राकाबीचको अन्तर ) २९ अर्ब ६४ करोडले घाटामा रहेको छ। गत वर्ष चालु खाताघाटा कुल गार्हस्थ्य उत्पादन(जीडीपी) को १३ प्रतिशत पुगेको थियो। गत वर्षको सात महिनाको तुलनामा चालुघाटा ४ खर्ब ११ अर्ब ३४ करोड पुगेको थियो। चालुखाता घाटामा भएको सुधारले मुलुकको शोधनान्तरस्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तरस्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो।

यस अवधिमा मुद्रास्फीति भने लक्ष्यभन्दा बढी देखिएको छ। सरकारले बजेट मार्फत ७ प्रतिशतमा सिमित गर्ने भनेको मुद्रास्फीतिको लक्ष्य ०.८८ प्रतिशतले बढेर ७.८८ प्रतिशत पुगेको छ। विदेशी मुद्राको सञ्चिति बढ्नु, चालु खाता घाटामा आएको सुधार र शोधानन्तरस्थिति बचतमा रहनुको पछाडी आयातमा आएको कमी प्रमुख कारण हो। विदेशी मुद्राको सञ्चिति बढ्नुमा राष्ट्र बैंकले चलाएको विभिन्न मौद्रिक उपकरण र सरकारले लिएको व्यापार प्रतिवन्ध नीतिको भुमिका प्रधान मानिएको छ।

राष्ट्र बैंकले गत वर्ष मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत(एलसी) मा गरेको नगद मार्जिनको व्यवस्था, विभिन्न वस्तुको कर्जा जोखिमभारमा गरिएको पुनरावलोकन, विभिन्न वस्तुको आयातमा सरकारले लगाएको प्रतिवन्ध, चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा प्रवाहमा गरिएको कडाई,चालु पुँजी कर्जा सम्वन्धी कार्यविधि, अनिवार्य नगद मौज्दात(सीआरआर) र बैधानिकता तरलता अनुपात(एसएलआर) गरिएको बृद्धिले आयात घटाउन मद्दत गरेको हो।

यसैगरी कोभिड १९ संक्रमण कम हुँदै जादा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको र उनीहरुले पठाउने रेमिट्यान्स बढेकाले सञ्चितिमा सुधार देखिएको हो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १२ हजार ७६७ पुगेको छ। यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिनेको संख्या १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको ७ महिनामा आयात १९.९ प्रतिशतले घटेको छ। यस अवधिमा ९ खर्ब १९ अर्ब वस्तु आयात भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकहरुमा भारतबाट १८ प्रतिशत, चीनबाट २४.३ प्रतिशत र अन्य मुलुकबाट २२ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलिय पदार्थ, स्पोन्ज आइरन,रासायनिक मल, सुन अन्य स्टेसनरी समानको लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधान तथा स्पेयर पार्टस, औषधी, एम.एस विलेट, दूरसञ्चारका उपकरण तथा पार्टस्, चाँदीलगायतका वस्तुको आयात घटेको छ।

यस आर्थिक वर्षको सात महिनामा कुल व्यापारघाटा १८.७ प्रतिशतले कमी आई ८ खर्ब २५ अर्ब कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा ३८.४ प्रतिशत रहेको थियो। यसैगरी यस अवधिमा निर्यात २९ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा आयात निर्यात अनुपात १०.२ प्रतिशत कायम भएको छ।

यस अवधिमा भारतबाट ७१ अर्ब ७८ करोड रुपैयाँ बराबर परिवर्त्र्य विदेशी मुद्राको भुक्तानी गरी ७१ अर्ब ७८ करोड बराबरको आयात भएको राष्ट्र बैंकले जनाएको छ। आयातित वस्तुको संरचनामा पुँजी निर्माण गर्ने पुँजीगतवस्तु भन्दा उपभोग्य वस्तुको हिस्सा बढी देखिएको छ।

यस अवधिमा मध्यवर्ती वस्तुको आयात ५१.१ प्रतिशत, पुँजीगत वस्तुको आयात ८.६ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको आयात ३८.३ प्रतिशत पुगेको छ।

प्रकाशित: २०७९ फाल्गुण २९ गते सोमबार ०७:४१
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना