राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले दिए सांसद पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई उनले आइतबार राजीनामा बुझाएका हुन्।
राष्ट्रपतिमा निर्वाचित भएसँगै प्रतिनिधि सभा सदस्यको पद स्वत: रिक्त व्यवस्था छ।
‘यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा म निर्वाचित भएको विदितै छ। नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने भएकोले सो व्योहोरा जानकारी गराउँदछु,’ उनको राजीनामापत्रमा लेखिएको छ। गत निर्वाचनमा उनी तनहुँ-१ बाट निर्वाचित भएका थिए। आइतबार नै उनले नेपाली कांग्रेसबाट पनि राजीनामा दिएका थिए।
पौडेल निर्वाचित भएको क्षेत्रमा उपनिर्वाचन हुनेछ।


