काठमाडौँ- विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ परेका छन्।
राजधानीको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरू अजित खड्का र सुरेन्द्र रानाभाट पनि छन्।
यस्तै नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीसमेत छन्।
माइतीघर मण्डलााई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको विवेकशील साझाको ठहर छ।
पक्राउ परेकाहरू सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।


