काठमाडौँ- बीआईए फाउन्डेसनले अपांगता भएका व्यक्तिहरूको सहभागितामा ह्विलचेयर रेस सम्पन्न गरेकाे छ।
काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, सहिदगेट, न्युरोड गेट, रानीपोखरी, जमल्, दरवार मार्ग , हुँदै भृकुटिमण्डपमा आएर समापन भएको थियो।
प्रतियोगितामा पुरुष र महिला गारी दुई विधामा प्रतिस्पर्धा गरिएको थियो। करिब २०० जना सहभागी प्रतियोगिताका विजेताले समान २५-२५ हजार रुपैयाँ प्राप्त गरे।
उपविजेताले १५-१५ हजार र तेस्रो स्थानका खेलाडीलाई १०-१० हजार रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको फाउन्डेसनले जानकारी दिएको छ।















